
काठमाडौं । नेपाल राष्ट्र बैंकले 'क' वर्गको बैंक तथा इन्फ्रस्ट्रक्चर बैंकमाथी निगरानी बढाएको छ । इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्थाहरुबाट प्राभावकारी ढंगबाट प्राप्त गर्ने उद्धेश्यले राष्ट्र बैंकले नयाँ सुपरिवेक्षण गर्ने सूचना प्रणली (Supervisory Information System)मा नयाँ मोड्युल विकास गरेको राष्ट्र बैंकले जनाएको छ ।
उक्त कार्याको लागि बैंकमा सर्भर तयारी अवस्थामा भएको र यसै वर्षको डिसेम्बर २२ देखि उक्त प्रणालीको प्रथम चरणमा इजाजतपत्र प्राप्त ‘क’ वर्षका वाणिज्य बैंक र इन्फ्रास्ट्रक्चर डेभलपमेण्ट बैंकमार्फत जनवरी ८ (पुस २३ गतेदेखि पाइलट टेष्टको रुपमा कार्यान्वयनमा ल्याउन लागेको छ ।
साथै, राष्ट्र बैंकले विद्यमान व्यवस्था बमोजिम राष्ट्र बैंकमा पेश गर्दै आएका तथ्याङ्कहरुका अलावा पाइलट टेष्टको रुपमा जनवरी ८ (पुस २३ देखि समानान्तर रुपमा एसआईएस प्रणलीका लागि तोकिएका फर्महरु अनिवार्य रुपमा अपलोड गर्न निर्देशनसमेत दिएको छ ।
प्रतिक्रिया दिनुहोस