aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

कुमारी बैंकले ऋणपत्र निष्काशन गर्न अनुमति पायो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०२ पुस २०७६
कुमारी बैंकले ऋणपत्र निष्काशन गर्न अनुमति पायो

काठमाडौं । कुमारी बैंकले ऋणपत्र निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । अनुमति पाएपछि बैंकले ३० लाख कित्ता ऋणपत्र निष्काशन गर्ने भएको छ । ३० लाख कित्ता ऋणपत्रमध्ये १२ लाख कित्ता सर्वसाधारणको लागि र १८ लाख कित्ता व्याक्तिगत संघसंस्थाको लागि बिक्री गर्नेछ । बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ । बैंकले १० दशमलव २५ प्रतिशत ब्याजदरमा वि.स २०८६ सम्मको लागि ऋणपत्र निष्काशन गर्न लागेको हो । 

प्रतिक्रिया दिनुहोस