
काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्थाले ११ दशमलव ३२ प्रतिशत नगद लाभांश शेयरधनीको बैंक खातामा जम्मा गर्ने भएको छ । कम्पनीले मंसिर १० गतेसम्म हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका शेयरधनीहरुको बैंक खातामा सो लाभांश जम्मा गरेको हो । कम्पनीको मंसिर २० गते सम्पन्न आठौँ वार्षिक साधारण सभाले उक्त लाभांश पारित गरेको थियो ।
हालसम्म पनि शेयर अभौतिकीकरण नगराएका सदस्यहरुलाई लाभांश प्राप्त गर्न शेयर अभौतिकीकरण गरी बैंक खाता सहितको विवरण अद्यावधिक गर्न समेत कम्पनीले अनुरोध गरेको छ ।
प्रतिक्रिया दिनुहोस