
काठमाडौं । जानकी फाइनान्सले २३ औं वार्षिक साधारणसभाले आकषर्ण लाभांश पारित गर्दै छ । पुस २४ गते फाइनान्सको सञ्चालक समितिले उक्त लाभांश दिने प्रस्ताव गरेको हो । सभा विहान १० बजे सुरु हुने गरी होटल मानकी , जनकपुरधाममा तय गरिएको हो । सभाले प्रस्तावित २२ प्रतिशत बोनस शेयर र बोनस शेयर कर प्रयोजनका लागि १ दशमलव १६ प्रतिशत नगद लाभांश पारित गर्नेछ ।
साथै , गत आवको वार्षिक प्रतिवेदन, नाफा नोक्सान हिसाव र नगद प्रवाह विवरण लगाएत लेखा परिक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषयमा पनि सभामा छलफल हुनेछ ।
यस कम्पनीले पनि मर्जरमा जाने वा प्राप्ति गर्ने विषयको सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने निर्णय समेत सभाले गर्नेछ । साधारण सभा र लाभांश प्रयोजनका लागि कम्पनीले पुुस २४ गते एक दिन बुक क्लोजको मिति तोकेको छ । यस आधारमा पुस २३ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन ।
हाल कम्पनीको चुक्तापूँजी ४९ करोड २१ लाख ४० हजार रुपैयाँ छ । गत असोज मसान्तसम्मको वित्तीय विवरण अनुसार कम्पनीको जगेडा कोषमा १३ करोड ९७ लाख ५२ हजार रुपैयाँ रहेको छ । असोज मसान्तसम्म कम्पनीले १ करोड ४२ लाख रुपैयाँ खुद नाफा गरेको छ । प्रतिशेयर आम्दानी वार्षिक ११ दशमलव ५४ रुपैयाँ रहेको छ ।
प्रतिक्रिया दिनुहोस