aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

नेपाल बैंकको २५% लाभांश हात पार्न कहिलेसम्म पाउने ? (सूचनासहित)

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०३ पुस २०७६
नेपाल बैंकको २५% लाभांश हात पार्न कहिलेसम्म पाउने ? (सूचनासहित)

काठमाडौं । नेपाल बैंकको ६० औं वार्षिक साधारण सभा पुस २५ गते बस्ने भएको छ । बैंकले बिहीबार एक सूचना जारी गर्दै उक्त कुरा जनाएकाे हाे ।
सभामा बैंकले २५% लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्दैछ । बैंकले १५% बोनस सेयर र १०% नगद लाभांश वितरण गर्न लागेको छ । नेपाल बैंकले १ अर्ब ४७ करोड १६ लाख ७२ हजार २०० रुपैयाँ बराबरको बोनस सेयर बाँड्नेछ भने ९८ करोड ११ लाख १४ हजार ८०० रुपैयाँ नगद लाभांश वितरण गर्नेछ ।
 
बैंकको अधिकृत पुँजी १० अर्बबाट बढाएर १५ अर्ब पुर्याउने र सोही बमोजिम प्रबन्धपत्र संशोधन गर्ने एजेन्डा पनि छ । साधारण सभा, नेपाल एफपीएफ क्लब, हलचोक, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । आर्थिक वर्ष २०७५–७६ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ । आर्थिक वर्ष २०७६–७७ को लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा पनि राखिएको छ ।

हाल यस बैंकको चुक्ता पुँजी ९ अर्ब ८१ करोड ११ लाख ४८ हजार रुपैयाँ रहेको छ । बोनस वितरणपछि पुँजी ११ अर्ब २८ करोड २८ लाख २० हजार रुपैयाँ रुपैयाँ पुग्नेछ । सभा प्रयोजनका लागि बैंकले पुस १३ गते बुक क्लोज गर्दैछ । ११ र १२ गते क्रमशः शुक्रबार र शनिबार परेकाले पुस १० गतेसम्म मात्र कायम सेयरधनीले लाभांश सुरक्षित गर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस