
काठमाडौं । विजय लघुवित्त वित्तीय संस्थाले २० प्रतिशत लाभांशसहित शतप्रतिशत हकप्रदको प्रस्ताव गर्दै साधारण सभा बोलाएको छ । कम्पनीले १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ५ प्रतिशत लाभांश दिने प्रस्तावसहित पुस २६ गते सातांै वार्षिक साधारण सभा बोलाएको हो ।
१५ प्रतिशत बोनसपश्चात कायम चुक्तापुँजीको आधारमा शतप्रतिशत हकप्रद शेयर जारी गर्र्ने प्रस्ताव समेत कम्पनीले सभामा पेश गर्दैछ । हाल कायम १९ करोड ४८ लाख १० हजार चुक्तापुँजीको आधारमा कम्पनीले लाभांश दिनेछ । साधारण सभा र लाभांश प्रयोजनका लागि भने पुस १३ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गर्ने जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस