
काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्थाले पुस २८ गते १३औं वार्षिक साधारण सभा बोलाएको छ । सभाले प्रस्तावित १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ५ दशमलव ७९ प्र्रतिशत नगद लाभांश पारित गर्नेछ ।
कम्पनीले ३९ करोड ७६ लाख ४७ हजार चुक्ता पुँजीको आधारमा लाभांश वितरण गर्नेछ । साथै मर्जर तथा प्राप्तीको प्रस्तावमाथि छलफल गर्दै सोसम्बन्धी सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने निर्णयसमेत सभाले गर्नेछ । साधारण सभा र लाभांशका लागि पुस १३ गतेदेखि पुस २८ गतेसम्यम बुक क्लोज गर्नेछ ।
प्रतिक्रिया दिनुहोस