
काठमाडौं । समता लघुवित्त वित्तीय संस्थाले पुस २९ गते छैठौं वार्षिक साधारण सभा बोलाएको छ । सभाले गत आवको वार्षिक प्रतिवेदनसहित प्रस्तावित ५ प्रतिशत बोनस शेयर र ५ दशमलव ५३ प्रतिशत नगद लाभांश पारित गर्नेछ । कम्पनीले यसअघि २०७६ असार मसान्तसम्म कायम रहेको चुक्तापुँजी ६ करोड ६ लाख ७२ हजार चुक्तापुँजीको आधारमा १६ दशमलव ५८ प्रतिशत नगद लाभांश र १५ प्रतिशत बोनस शेयरको प्रस्ताव गरेको थियो ।
हाल कम्पनीको दुई सय प्रतिशत हकप्रद शेयर पुँजीकृत हुने प्रक्रियामा रहेकाले पुँजीकृत पश्चात कायम चुक्तापुँजी १८ करोड २० लाख १६ हजारको आधारमा लाभांश दिने निर्णय गरेको छ । प्रस्तावित बोनस शेयर पछि कम्पनीको चुक्तापुँजी १९ करोड ११ लाख १६ हजार पुग्नेछ ।
प्रतिक्रिया दिनुहोस