
काठमाडौं । किसान माइक्रोफाइनान्स वित्तीय संस्थाले प्रस्तावित लाभांश संशोधन गरी पुस २६ गते सातौ वार्षिक साधारण सभा बोलाएको छ । यस अघि प्रस्ताव गरेको २४ प्रतिशत बोनस शेयर र १ दशमलव १४ प्रतिशत नगद लाभांशलाई संशोधन गर्दै २३.९५ प्रतिशत बोनस शेयरको प्रस्ताव गर्दै सभा बोलाइएको हो । यस अघिको लाभांशलाई नेपाल राष्ट्र बैंकको निर्देशनपछि संशोधन गर्नुपरेको कम्पनीको भनाई छ ।
अब लगानीकर्ताहरुले बोनसको कर भने आफैले व्यहोर्नुपर्नेछ । सभामा बोनस पश्चात कायम चुक्तापूँजीको आधारमा शतप्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव पनि पेश हुँदैछ । साधारणसभा प्रयोजनका लागि कम्पनीले पुस १५ गतेदेखि २१ गतेसम्म बुक क्लोज गर्दैछ ।
प्रतिक्रिया दिनुहोस