aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

महुली लघुवित्तले पुस २६ गते लाभांश पारित गर्दै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०३ पुस २०७६
महुली लघुवित्तले पुस २६ गते लाभांश पारित गर्दै

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्थाले पुस २६ गते सातौ वार्षिक साधारण सभा गर्ने भएको छ । सभाले २० प्रतिशत बोनस शेयर र बोनस शेयर कर प्रयोजन सहित ११ दशमलव ५८ प्रतिशत नगद लाभांश पारित गर्नेछ । 
कम्पनीले हाल कायम चुक्तापूँजी  १० करोड २० लाखको आधारमा लाभांश दिन लागेको हो । मर्जर तथा प्राप्ती सम्बन्धी विषयलाई समेत अघि सार्दै कम्पनीले यसका लागि सबै जिम्बेवारी सभामार्फत सञ्चालक समितिलाई दिने कार्यक्रम पनि तय गरेको छ । साधारण सभा र लाभांशका लागि पुस १४ देखि २६ गतेसम्म बुक क्लोज गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस