aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

शुक्रबार तीन  कम्पनीको साधारणसभा हुँदै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०३ पुस २०७६
शुक्रबार तीन  कम्पनीको साधारणसभा हुँदै

काठमाडौं । शुक्रबार तीन कम्पनीको साधारण सभा हुने भएको छ । युनियन लाइफ इन्स्योरेन्स, गणपति माइक्रोफाइनान्स र रिडी हाइड्रोपावर कम्पनीले सभा गर्ने भएका हुन ।

युनियन लाइफले रुपन्देही, गणपति माइक्रोफाइनान्सले तनहु र रिडी हाइड्रोले काठमाडौंमा सभा बोलाएका छन । सर्वसाधारणका लागि आईपीओ जारी गर्ने प्रस्ताव पारित गरिसकेको युनियन लाइफले यस वर्ष आव २०७४÷७५ को वार्षिक प्रतिवेदन पारित गर्नेछ भने आव २०७५/७६ काें लागि लेखा परिक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्नेछ । 

गणपति माइक्रोफाइनान्सले ७ प्रतिशत बोनस शेयर र शून्य दशमलव ३७ प्रतिशत नगद लाभांशको प्रस्ताव सभामा पेश गर्दैछ । साथै ५० प्रतिशत हकप्रदको प्रस्ताव समेत सभाका लागि तय ंगरेको छ ।  गणपतिले सभाका लागि मंसिर १८ गतेदेखि बुक क्लाेंज गरेको छ ।

 त्यस्तै रिडी हाइड्रोले ५ प्रतिशत बंोनस शेयर र शून्य दशमलव २६ प्रतिशत नगद लाभांश पारित गर्नेछ । रिडीले सभा प्रयोजनका लागि मंसिर १९ गते एक दिन बुक क्लोज गरेको छ ।  सभा युनियन लाइफको विहान १० बजे, गणपति माइक्रोफाइनान्सको दिउसो ३ बजे र रिडी हाइड्रोको अपराहन्ह १२ः३० बजे शुरु हुनेछ ।
 

प्रतिक्रिया दिनुहोस