
काठमाडौं । कृषि विकास बैंकले विशेष प्रस्तावका साथ साधारण सभा बोलाएको छ । ३०% लाभांश पारित गर्ने गरि बैंकले पुस २७ गते सभा बोलाएको हो । साधारण सभा बैंकको केन्द्रीय तालिम प्रतिष्ठान, बोडे, भक्तपुरमा बिहान ११ बजे हुनेछ ।
बैंक सञ्चालक समितिले गत आर्थिक वर्षको नाफबाट प्रस्ताव गरेको ६% बोनस सेयर र करसहित २४% नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । अग्राधिकार सेयरधनीलाई पनि ६% नगद लाभांश वितरण गरिनेछ ।
बैंककको अधिकृत, जारी तथा चुक्ता पुँजी वृद्धि गर्ने विषयहरु समावेश गरिएको बैंकको प्रबन्धपत्र र नियमावलीको संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि छ । साधारण सभा प्रयोजनका लागि बैंकले पुस १३ गतेदेखि २७ गतेसम्म बुक क्लोज गर्नेछ । पुस १० गते बिहीबारसम्म सेयर खरिद गर्ने लगानीकर्ताले लाभांश पाउनेछन् ।
चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा यसले ६० करोड ७३ लाख रुपैयाँ खुद नाफा कमाएको उक्त बैंकको चुक्ता पुँजी १४ अर्ब ४४ करोड ८२ लाख ४० हजार रुपैयाँ छ । बोनस वितरणपछि चुक्ता पुँजी १५ अर्ब ३१ करोड ५१ लाख ३४ हजार पुग्नेछ ।
प्रतिक्रिया दिनुहोस