
काठमाडौं । गणपति माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको तेस्रो बार्षिक साधारण सभाले बोनस शेयर पारित गरेको छ । शुक्रबार सम्पन्न साधारण सभाले संचालक समितीबाट प्रस्ताव गरे अनुसार चुक्ता पुँजीको ७ प्रतिशत बोनश शेयर वितरण गर्न स्विकृत प्रदान गरेको हो ।
बोनश शेयर जारी पश्चात कायम हुन आउने जारी तथा चुक्ता पुँजीको ५० प्रतिशत अर्थात २ः१ को अनुपातमा हकप्रद शेयर जारी गर्ने निर्णय पनि पारीत गरेको छ । त्यस्तै रेमिट्यान्स सम्बन्धी कारोबार गर्न वित्तीय संस्थाको प्रबन्धकपत्र तथा नियमावलीमा उदेश्य थप गरी संशोधन गर्ने प्रस्ताव पारीत भएको छ । यस साधारण सभाले सर्वसाधारण शेयर धनीहरुको तर्फबाट २ जना नयाँ संचालकहरुको निर्वाचन पनि सम्पन्न गरेको छ ।
गणपति लघुवित्त वित्तीय संस्था लि. रहनेछ । वि.सं. २०७३ मंसिर २४ गतेबाट प्रथम कारोबार प्रारम्भ गरेको यस वित्तीय संस्थाले हाल १७ वटा जिल्लामा ३१ वटा शाखा कार्यालयहरु मार्फत ग्रामिण क्षेत्रका १९,३५३ सदस्यहरुलाई वित्तीय सेवा प्रदान गरीरहेको छ । यो अवधी सम्म जम्मा २७ करोड ५० लाख बचत संकलन गरेको र १ अर्ब ५ करोड कर्जा लगानी गरेको छ । ३ वटा शाखा संचालनको अन्तिम तयारीमा रहेका छन भने थप २ वटा शाखा कार्यालयहरु निकट भविष्यमा संचालनमा आउने छन् ।
प्रतिक्रिया दिनुहोस