aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

लाभांश पारित गर्न कृषि विकास बैंकको साधारण सभा हुँदै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०६ पुस २०७६
लाभांश पारित गर्न कृषि विकास बैंकको साधारण सभा हुँदै


काठमाडौं । कृषि विकास बैंकको १३औं वार्षिक साधारण सभा पुस २७ गते हुने भएको छ । बैंकको पुस ३ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो । 
साधारण सभाको प्रस्तावमा ६ प्रतिशत बोनस शेयर र २४ प्रतिशत नगद लाभांश वितरण गर्ने रहेको छ । साथै चुक्तापूँजीको ६ प्रतिशत नगद लाभांश अग्राधिकार शेयरधनीलाई  वितरण गर्ने रहेको छ । साधारण सभा  प्रयोजनको लागि शेयरधनी दर्ता पुस्तिका पुस १३ गते देखि २७ गते सम्म बन्द हुनेछ । 
 

प्रतिक्रिया दिनुहोस