aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

महालक्ष्मी विकास बैंक लि. को आयोजनामा वृहत रक्तदान कार्यक्रम

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २४ बैशाख २०७६
महालक्ष्मी विकास बैंक लि. को आयोजनामा वृहत रक्तदान कार्यक्रम

महालक्ष्मी विकास बैंक लि. ले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न शाखाहरुबाट विभिन्न कार्यक्रमहरु गर्र्दै आइरहेको छ । सोही कार्यलाई निरन्तरता दिँदै बैंकको न्यूरोड शाखाले मंगलबार न्यूरोड पिपलबोट, भूगोल पार्क, काठमाडौँमा वृहत रक्तदान कार्यक्रम सफलता पूर्वक सम्पन्न गरेको छ । 

बिहानको करिब १० बजे देखि ३ बजेसम्म सञ्चालन गरिएको उक्त कार्यक्रममा कुल ७३ जना व्यक्तिहरुले रक्तदान गर्नुभएको  थियो। बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेले सहभागीहरुको उपस्थितिप्रति कृतज्ञता व्यक्त गर्दै वहाँहरुलाई प्रमाणपत्र वितरण गरेको थियो ।  

बैंकले आगामी दिनहरुमा पनि स्थानीय हितका लागि अझ प्रभावकारी कार्यहरु गर्ने प्रतिबद्धता जनाएको छ । 
 

प्रतिक्रिया दिनुहोस