
काठमाडौं । सिभिल बैंकको वार्षिक साधारण सभा आज आइतबार (पुस ६ गते) बस्दैछ । सभा अमृतभोग कालिकास्थान, काठमाडौंमा बिहान ११ बजे सुरु भएकाे छ । सभामा बैंक सञ्चालक समितिले प्रस्ताव गरेको ६.५७% लाभांश पारित गर्ने विशेष प्रस्ताव छ ।
गत वर्षको नाफाबाट बैंकले ६.५७% नगद लाभांश वितरण गर्न लागेको हो । सभा प्रयोजनका लागि बैंकले मंसिर २३ गतेबाट बुक क्लोज गरेको छ । मंसिर २२ गतेसम्म सेयर खरिद गर्ने लगानीकर्ताले प्रस्तावित लाभांश पाउनेछन् । साथै, सभामा कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर वा एक्विजिसनमा जाने सम्झौता गर्नुपरेमा सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने एजेन्डा पनि छ ।
आर्थिक वर्ष २०७५–७६ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ । आर्थिक वर्ष २०७६–७७ को लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा पनि राखिएको छ । हाल यस सिभिलको चुक्ता पुँजी ८ अर्ब ३३ लाख ८९ हजार ६७३ रुपैयाँ छ ।
प्रतिक्रिया दिनुहोस