aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

कुमारी बैंकले पुस १४ गतेदेखि ऋणपत्र निष्काशन गर्दै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०६ पुस २०७६
कुमारी बैंकले पुस १४ गतेदेखि ऋणपत्र निष्काशन गर्दै

काठमाडौं । कुमारी बैंकले पुस १४ गतेदेखि १० दशमलव २५ प्रतिशत ब्याजरमा आगामी १० वर्षसम्मको लागि ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले ३० लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो ।
निष्काशित ऋणपत्रमध्ये १२ लाख कित्ता सर्वसाधारणको लागि र १८ लाख कित्ता व्यक्तिगत संघसंस्थालाई बिक्री गर्नेछ । ऋणपत्र निष्काशन बन्द छिटोमा पुस १७ र ढिलोमा माघ १४ गतेसम्म रहेको छ । धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ । साथै आवेदकले सि आस्वा सेवामा सहभागि बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । बैंकले निष्कासन गर्न लागेको ऋणपत्रलाई इक्रा नेपालले इक्राएनपी एलबिबिबि प्लास ग्रेडिङ प्रदान गरेको छ । यस्तो रेटिङले कम्पनीलाई समयमा वित्तीय दायित्व पूरा गर्ने तथा मध्यम कर्जा जोखिम रहने  जनाउँछ । यस ऋणपत्रमा  आवेकले न्यूनतम २५ कित्ता र अधिकतम १२ लाख कित्ता सम्मको लागि आवेदन दिन सक्नेछन् । 
 

प्रतिक्रिया दिनुहोस