aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

४७ प्रतिशतभन्दा लाभांश पारित गर्न मिर्मिरे लघुवित्तको साधारण सभा हुँदै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०६ पुस २०७६
४७ प्रतिशतभन्दा लाभांश पारित गर्न मिर्मिरे लघुवित्तको साधारण सभा हुँदै

काठमाडौं । मिर्मिरे लघुवित्तको नवौं वार्षिक साधारण सभा पुस २८ गते हुने भएको छ । कम्पनीको पुस ५ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो ।
कम्पनीले शेयरधनीको लागि चुक्तापूँजीको ४५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि २ दशमलव ३६८४ प्रतिशत नगद लाभांश प्रदान गर्ने प्रस्ताव पारित गर्ने भएको छ । 
साधारण सभाको प्रस्तावमा कम्पनीको प्रवन्धपत्र पत्र तथा नियमावलीमा संशोधन गर्ने, चुक्ता तथा जारी पूँजी वृद्धि गर्ने, अन्य कुनै ‘घ’ वर्गका एक वा एकभन्दा बढि वित्तिय संस्थासँग गाभ्न तथा गाभिन सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने तथा संस्थापक समूहका ४ जना सर्वसाधारण समूहका २ जना सञ्चालकको निर्वाचन गर्ने जस्ता विषयहरु रहेका छन् । 
साधारण सभा प्रयोजनको लागि शेयरधनी दर्ता पुस्तिका पुस १८ गतेदेखि २८ गतेसम्म बन्द हुनेछ । बुक क्लोजको आधारमा पुस १७ गतेसम्म कायम शेयरधनीहरुले सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस