
काठमाडौं । मिथिला लघुवित्त वित्तीय संस्थाले पुस २९ गते ११औं वार्षिक साधारण सभा बोलाएको छ । सभाले प्रस्तावित १५ प्रतिशत बोनस शेयर कर प्रयोजनका लागि शून्य दशमलव ७९ प्रतिशत नगद लाभांशको प्रस्ताव समेत पारित गर्नेछ । कम्पनीले हाल कायम १० करोड ५८ लाख ६१ हजार चुक्ता पुँजीको आधारमा लाभांश दिन लागेको हो ।
यससँगै सञ्चालक समितिमा प्रतिनिधित्वका लागि संस्थापक तर्फबाट चार सञ्चालनको निर्वाचन गर्ने कार्यक्रम सभाका लागि तय भएको छ । कम्पनीले हाल कायम शेयर स्वामित्व संस्थापकतर्फ ७० प्रतिशत र सर्वसाधारणतर्फको ३० प्रतिशतलाई नेपाल राष्ट्र बैंकको निर्देशनमा रही संस्थापकतर्फ ५१ प्रतिशत र सर्वसाधारणतर्फ ४९ प्रतिशत स्वामित्व कायम हुने गरी पूँजीको संरचना परिवर्तन गर्ने प्रस्ताव सभामा पेश गर्दैछ । सभा प्रयोजनका लागि पुस १५ गते एक दिन बुक क्लोज गर्ने भएकाले पुस १४ गतेसम्म शेयर कायम गरी लाभांश प्राप्त गर्न र सभामा भाग लिन सकिनेछ ।
प्रतिक्रिया दिनुहोस