aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

एनबी बैंकको साधारण सभा सोमबार, १२ प्रतिशत लाभांश पारित हुदैं

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०६ पुस २०७६
एनबी बैंकको साधारण सभा सोमबार, १२ प्रतिशत लाभांश पारित हुदैं

काठमाडौं । नेपाल बङ्गलादेश बैंकको २५ औं वार्षिक साधारण सभा पुस ७ गते सोमबार हुदैछ । सभा विहान १० बजे राष्ट्रिय सभागृह, भृकुटीमण्डप, काठमाडौंमा हुने भएको हो । प्रस्तावित ५ प्रतिशत बोनस शेयर र ७ प्रतिशत बोनस शेयर कर प्रयोजन सहित नगद लाभांश सभाले पारित गर्नेछ । 

साथै गत आवको वार्षिक वित्तीय विवरणहरु पारित गर्दै चालू आवको लागि लेखा परिक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण समेत सभाले गर्नेछ । मर्जर सम्बन्धी आवश्यक सहमति तथा सम्झौता गर्नेदेखि आवश्यक सम्पूर्ण जिम्वेबारी सञ्चालक समितिलाई दिने निर्णय सभाले गर्नेछ ।

यस सभा र लाभांश प्रयोजनका निम्ति बैंकले मंसिर २६ गते एक दिन बुक क्लोज गरेकाले मंसिर २५ गतेसम्म कायम शेयरधनीहरु सभाभा भाग लिन र लाभांश प्राप्त गर्न योग्य भएका छन ।
 

प्रतिक्रिया दिनुहोस