aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

इन्भेष्टमेन्ट बैंकले लाभांश घोषणा गर्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०७ पुस २०७६
इन्भेष्टमेन्ट बैंकले  लाभांश घोषणा गर्यो

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट बैंकको यही पुस ६ गतेको सञ्चालक समितिको बैठकले बैंकको ३३ औं वार्षिक साधारण सभा पौष २८ गते गर्ने निर्णय गरेको छ । सो साधारण सभाले सञ्चालक समितिबाट प्रस्ताव गरे बमोजिम प्रति शेयर ८.५ प्रतिशत नगद लाभांश वितरण गर्न स्वीकृत गर्ने छ ।

त्यसैगरी बैठकले बैंकको चुक्ता पूँजीको १०.५ प्रतिशत बोनस शेयर जारी गर्ने निर्णय समेत गरेको छ । २८ गते बिहान १० बजे  राष्ट्रिय सभागृहमा सम्पन्न हुने साधारण सभाले संचालक समितिको प्रस्ताब पास गर्नेछ ।

बैकले जारीगरेको सुचना अनुसार  आर्थिक वर्ष २०७५/०७६ को सञ्चालक समितिको प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको २०७६ आषाढ मसान्तमा समाप्त भएको वर्षको वासलात, तथा सोही मितिमा समाप्त भएको आ.व. २०७५/०७६ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण उपर छलफल गरी पारित गर्ने कार्यक्रम रहेको छ ।

सञ्चालक समितिबाट प्रस्ताव गरे बमोजिम बैंकको चुक्ता पूँजीको १०.५ प्रतिशत बोनस शेयर जारी गर्ने र सो संशोधन गरी जारी गर्दा बैंकको पूँजी समेत बद्धि हने हँदा सो को लागि बैंकको प्रबन्धपत्रको दफा ५(ख र पूँजी तथा चुक्ता पूँजी वृद्धि गर्ने (बोनस शेयर जारी गर्दा हुन आउने दशमलव पछीको अंक शेयरलाई नपुग रकम सम्बन्धित शेयरधनीबाट प्राप्त गरी एकमा परिणत गर्ने र सो गर्दा साविककै शेयर स्वामित्व पूंजी प्रतिशत) कायम राख्ने गरी जारी पूँजी तथा चुक्ता पूँजी संशोधन गरी पेश गर्ने तयारीमा बैंक रहेको छ ।

प्रतिक्रिया दिनुहोस