aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

स्वावलम्वन विकास केन्द्रको २८ औं वार्षिक साधारण सभा सम्पन्न

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०७ पुस २०७६
स्वावलम्वन विकास केन्द्रको २८ औं वार्षिक साधारण सभा सम्पन्न


काठमाडौं। नेपालमा गैर सरकारी संस्थामध्ये सबैभन्दा पहिले नेपाल राष्ट्र बैंकवाट लाइसेन्स लिई लघुवित्त शुरुवात गर्ने अग्रणी लघुवित्त संस्था स्वावलम्वन विकास केन्द्रको २८ औं वार्षिक साधारण सभा केन्द्रको संस्थापक एवं प्रवन्ध समितिका अध्यक्ष शंकरमान श्रेष्ठको सभापतित्वमा सम्पन्न गरेकाे छ ।

साधारण सभामा आर्थिक वर्ष २०७५/७६ को लेखापरिक्षण प्रतिवेदन सहितको २०७६ आषाढ मसान्तको वासलात,  आ.व. २०७५/७६ को आम्दानी तथा खर्चको वित्तीय विवरण र आ.व. २०७६/७७ को कार्यक्रम तथा रणनीति स्वीकृत गरियो । केन्द्रको आर्थिक वर्ष २०७५/७६ को प्रतिवेदन पेश गर्दै  श्रेष्ठले हालको   स्थितिमा केन्द्रले लघुवित्त संस्थाहरुको क्षमता विकास तालिम, सेमिनार आदिको प्याकेज तर्जुमा गरि कार्यान्वयन गर्दै आएको उहाँले वताउनुभयो । उहाँले २०७५/७६ मा २० वटा तालिम, ५ वटा कार्यशाला गोष्ठी, १० वटा राष्ट्रिय तथा अन्तराष्ट्रिय अध्ययन भ्रमण गरी जम्मा ३५ वटा कार्यक्रमवाट जम्मा १४६४ जना  लघुवित्तका पदाधिकारी, कर्मचारी र ग्राहक सदस्यहरु लाभान्वित भएको जानकारी पनि दिनुभयो ।

लघुवित्त संस्थाहरुले वाटो नविराई लघुवित्तको सिद्धान्त र मर्म अनुसार विपन्न समुदायलाई लक्षित गरी कार्यक्रम अगाडी वढाउन सवै लघुवित्त संस्थाका पदाधिकारीहरुलाई आग्रह गर्नुभयो । प्रस्तुत प्रतिवेदन अनुसार स्वावलम्वन विकास केन्दले आफ्नो सदस्य संस्थाहरु र ग्रामीण प्रविधि केन्द्र सँग मिली वातावरण मैत्री स्वावलम्वन गाउँ निर्माण गर्ने नयाँ कार्यक्रम अगाडी सारेको छ र पहिलो परियोजनाको रुपमा वाह्रविसे नगरपालिका वडा नं ३ को घार्पामा कार्य प्रारम्भ गरेको जानकारी पनि उहाँले दिनुभयो ।

 केन्द्रले निकट भविष्यमा केन्द्रको सदस्यको सहभागितामा लघुवित्तको ग्राहक सदस्यहरुको छोराछोरीहरुलाई विदेश पलायन हुन नपर्ने गरी स्वरोजगार तालिम केन्द्र स्थापना गर्ने निर्णय गरेको छ । यसैगरी हाल वंगलादेशको प्रोफेशर महमद युनुसले प्रतिपादन गरेको सामाजिक व्यवसाय प्रवद्धन अभियानमा नेपालमा पनि पहल गर्ने ‘युनुस सामाजिक व्यवसाय केन्द’ स्थापना गर्ने निर्णय पनि सर्वसहमतिवाट भएको छ  । 

सभाले लघुवित्त क्षेत्रमा अग्रणी भूमिका निर्वाह गरिआउनु भएको लघुवित्त अभियानकर्ता शंकरमान श्रेष्ठको नाममा लघुवित्त मार्फत विपन्न समुदायको समाजिक तथा आर्थिक उन्नतिमा उत्कृष्ट योगदान दिने संस्था वा व्यक्तिलाई हरेक वर्ष रु १ लाखको “शंकरमान श्रेष्ठ लघुवित्त पुरस्कार” प्रदान गर्ने निर्णय गरेको छ । सोको लागि एउटा अक्षयकोषको स्थापना गर्ने र सो कोषमा श्रीमती शान्ति श्रेष्ठले रु १० लाख स्वावलम्वन विकास केन्द्रले रु १० लाख  र श्री लुमिन कुमार श्रेष्ठले रु ५ लाख प्रदान गर्ने जानकारी गराइएको छ । 

प्रतिक्रिया दिनुहोस