
काठमाडौं । मल्टीपर्पस फाइनान्स कम्पनीले अवितरित हकप्रद शेयर पुनः लिलामीमा बिक्री गर्ने भएको छ । कम्पनीले संस्थापक समूहतर्फको १८ लाख ५० हजार ७२१ कित्ता र सर्वसाधारण समूहतर्फको १ लाख ४९ हजार ६५७ कित्ता शेयर गरी कुल २० लाख ३७८ कित्ता शेयर लिलाम बढाबढ गरी बिक्री गर्न लागेको हो ।
यसअघि कम्पनीले असोज ३० गतेदेखि कात्तिक ६ गतेसम्म शिलबन्दी बोलपत्रद्वारा बिक्री खुला गरेको भएपनि उक्त शेयरमा आवेदन नपरेपछि कम्पनीले पुनः लिलाम बढाबढ गरी बिक्री गर्न लागेको हो । उक्त शेयर खरीद गर्न इच्छुक व्यक्ति, कम्पनी, संघ संस्थाहरुले पुस २८ गतेभित्र बैंकको शेयर रजिष्ट्रार सिभिल क्यापिटल मार्केट, मल्टीपर्पस फाइनान्सको केन्द्रीय कार्यालय तथा सिभिल बैंकको शाखा कार्यालयमा मा शिलबन्दी बोलपत्र पेश गनुपर्ने छ ।
आवेदकले बोलपत्र पेश गर्दा संस्थापकको हकमा न्यूनतम १ हजार कित्ता र सर्वसाधारणको हकमा १०० कित्ता तथा अधिकतमा सम्पूर्ण कित्ताको लागि आवेदन दिन सक्नेछन् । लिलामी शेयरमा आवेदन दिनको लागि पुस १४ गतेदेखि २८ गतेसम्म अवधि तोकिएको छ । शेयरको न्यूनतम मूल्य रू. १०० तोकेको हुँदा सोभन्दा बढीको मूल्य अंकित गरी बोलकबोल गर्नुपर्ने हुन्छ । कम्पनीको विक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ ।
प्रतिक्रिया दिनुहोस