
काठमाडाैं । नबिल बैंकले अब निवेदन दिएको ३५ घण्टामै कर्जा दिने भएकाे छ । नबिल बैंकले नेपालमै पहिलो पटक SME कर्जामा credit scoring मोडलको ३५ घण्टामै कर्जा प्रवाह गर्ने ' नबिल सजिलो एक्सप्रेस कर्जा ' स्किम ल्याएको छ ।
युके आड सक्षम सँगको सहकार्यमा बैंकले उक्त कर्जा योजना ल्याएको हो। सजिलो एक्सप्रेस कर्जाको व्याजदर १ वर्षको लागि अधिकतम १०.५ प्रतिशत हुने नबिल बैंकका सिईयो अनिल केशरी शाहले बताए ।
" साना उद्योग सञ्चालन गर्ने व्यक्तिलाई टार्गेट गरेर यो योजना लाएका हौ"। उनले भने " नबिल सजिलो एक्स्प्रेस कर्जामा निवेदकलाई निवेदन दिएको ३५ घण्टामा नै लोन पाउने वा नपाइने निर्णय दिइसकिने छ" ।
शाहले यो कर्जा कार्यक्रम अन्तर्गत १५ देखि ७५ लाख सम्मको कर्जा प्रवाह गरिने कार्यक्रममा बताए । नबिल बैंकले यस अघि पनि साना लगानीकर्तालाई मध्यनजर गरेर नबिल सजिलो SME ल्याएको थियो।
प्रतिक्रिया दिनुहोस