aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

समिट लघुवित्तले २३ प्रतिशत लाभांश दिने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०७ पुस २०७६
समिट लघुवित्तले २३ प्रतिशत लाभांश दिने

काठमाडौं । समिट लघुवित्तको ११औं वार्षिक साधारण पुस २९ गते हुने भएको छ । कम्पनीले २१ दशमलव शून्य ९ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ दशमलव ११ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

यस कम्पनीले पनि मर्जर तथा प्राप्ति सम्बन्धी प्रस्ताव पनि सभामा पेश गर्दैछ । सभाले मर्जर तथा प्राप्ती सम्बन्धी सम्पूर्ण कार्य गर्ने जिम्बेवारी सञ्चालक समितिलाई दिनेछ ।

गत साउन ४ गते सम्पन्न विशेष साधारण सभाले पारित गरेको मर्जर तथा प्राप्ती पश्चात कायम चुक्तापूँजीको शतप्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्तावलाई समेत सभाले पुनः पारित गर्नेछ । साधारण सभा प्रयोजनका लागि पुस १६ गतेदेखि साधारण सभाको दिनसम्म बुक क्लोज गर्ने कम्पनीले जानकारी दिएको छ ।
 

प्रतिक्रिया दिनुहोस