aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

महालक्ष्मी विकास बैंकको आवास कर्जामा यस्ता छन् सुविधाहरु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०७ पुस २०७६
महालक्ष्मी विकास बैंकको आवास कर्जामा यस्ता छन् सुविधाहरु

काठमाडौं । महालक्ष्मी विकास बैंकले घर खरिद गर्न अथवा घर निर्माण गर्न इच्छुकहरुलाई लक्षित गरी आवास कर्जा अन्तर्गत विशेष कर्जा सुविधा योजना ल्याएको छ । 

बैकले यस कर्जा योजना अन्तर्गत ऋणिका लागि निर्माण लागतको अधिकतम ९०% सम्म कर्जा प्रवाह गर्ने छ, भने घर खरिदमा अधिकतम ७०% सम्म कर्जा लगानी गर्ने जनाएको छ । 

कर्जाको अवधि अधिकतम २५ वर्ष, सुलभ व्याजदर तथा कर्जा शुल्कमा विशेष छुट, घर निर्माणमा अग्रिम कर्जा प्रवाह साथै निःशुल्क दुर्घटना वीमा जस्ता आकर्षक सुविधाहरु बैकले प्रदान गर्ने छ । 

बजारमा हुनसक्ने उतार चढावबाट ऋणिलाई सुरक्षित गर्नका लागि यस योजना अन्तर्गत कर्जा प्रवाह गर्दा निर्धारित व्याजदर कर्जा अवधिभर यथावत् रहन पनि सक्ने व्यवस्था छ । 

घर खरिद गर्न अथवा घर निर्माण गर्न चाहनेहरुका लागि लाभदायक महालक्ष्मी आवास कर्जा बैंकका सम्पुर्ण शाखाहरुबाट उपलब्ध हुनेछ । देशका शहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुमा १०२ वटा शाखा तथा ३५ वटा एटिएमहरुमार्फत सेवा प्रदान गरिरहेको महालक्ष्मी विकास बैंकको ग्राहक संख्या करिब पाँच लाख रहेको बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस