aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

सिभिल बैंकको संस्थापक शेयरमा बोलकबोल गर्ने मङ्गलबार अन्तिम दिन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०७ पुस २०७६
सिभिल बैंकको संस्थापक शेयरमा बोलकबोल गर्ने मङ्गलबार अन्तिम दिन

काठमाडौं । सिभिल बैंकले मंसिर २४ गतेदेखि लिलामीमा ल्याएको संस्थापक शेयरमा बोलकबोल गर्ने पुस ८ गते मङ्गलबार अन्तिम दिन रहेको छ ।

बैंकले २० लाख ३० हजार ५९ कित्ता शेयर लिलामीमा विक्री खुला गरेको हो । शेयरको न्यूनतम मूल्य रू. १०० तोकिएकाले सो भन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । 

शेयर खरिदका लागि न्यूनतम १० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ भने अधिकतमका लागि कुनै हद तोकिएको छैन् । 

खरिदकर्ताले आफुले खरिद गर्न चाहेको शेयरको धरौटी वापतको रकम सिभिल क्यापिटल मार्केट लिमिटेडको नाममा खिचिएको गुड फर पेमेण्ट चेक संलग्न गरी आवेदन पेश गर्नुपर्नेछ । प्राप्त आवेदन पुस ९ गते विहान ११ बजे सिभिल क्यापिटल मार्केटको केन्द्रिय कार्यालय सुन्धारा, काठमाडौंमा खोलिनेछ ।

प्रतिक्रिया दिनुहोस