aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

११ विकास बैंकको उच्च लाभांश, घोषणा हुन बाँकी (सूचीसहित)

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०८ पुस २०७६
११ विकास बैंकको उच्च लाभांश, घोषणा हुन बाँकी (सूचीसहित)

काठमाडौं । लुम्बिनी विकास बैंकले नगद र बोनस शेयर गरेर २० प्रतिशत लाभांश दिने घोषणा गरेपछि शेयर बजारमा एउटा तरंग नै आयो । यस वर्ष अहिलेसम्म लाभांश घोषणा गरेका विकास बैंकमध्ये लुम्बिनी विकास बैंकको यो सबैभन्दा उच्च लाभांश हो । विकास बैंक पनि यति राम्रो लाभांश दिन सक्दो रहेछ भनेर बजारमा हल्ला फैलियो । 

लगानीकर्ताले सोचेभन्दा बढी लाभांश लुम्बिनी बैंकले लाभांश दिने निर्णय गरेको छ । लुम्बिनी विकास बैंकलाई पच्छ्याउँदै सहयोगी विकास बैंकले पनि १९.३० नगद लाभांश वितरण गर्ने प्रस्ताव गर्याे । उसले पनि लगानीकर्ताले अपेक्षा गरेभन्दा बढी लाभांश दियो । विकास बैंकले सोच्दै नसोचेको लाभांश दिन थालेपछि बजारमा तहल्का नै मच्चिएको छ । बाणिज्य बैंक भन्दा विकास बैंकले बढी लार्भाश वितरण गरिरहेका छन् ।

२५ वटा विकास बैंकमध्ये ११ वटाले लाभांश घोषणा गरेका छन् । तीमध्ये केहीले वार्षिक साधारणसभा गरेर धमाधम शेयरधनीको खातामा रकम पठाइरहेका छन् । केही विकास बैंकले भने वार्षिक साधारणसभा गर्दै छन् ।

अहिले पनि ११ वटा विकास बैंकले लाभांश घोषणा घोषणा गरेका छैनन र लाभांश घोषणा गर्ने तयारीमा रहेको छन् । ११ वटा विकास बैंक लाभांश घोषणा गर्न बाँकी छन् ।  पुस मसान्त भित्र वार्षिक साधारणसभा गरिसक्नु पर्ने भएकाले लाभांश घोषणा गर्न बाँकी विकास बैंकले पनि केही दिन भित्रै लाभांश घोषणा गर्ने तयारीमा गरिरहेका छन् । 

नेपाल राष्ट्र बैंकले राष्ट्रिय स्तरको विकास बैंकहरुलाई तोकेको न्यूनतम चुक्ता पुँजी २ अर्ब ५० पु¥याएपनि नगद लाभांशसँगै बोनस शेयर दिइरहेका छन् ।  चुक्ता पुँजी २ अर्ब ५० पु¥याउनु पर्ने बाध्यता हुँदासम्म बोनस शेयर वितरण गर्दै आएका विकास बैंकहरुले यस पटकदेखि नगदसँगै केही मात्रामा बोनस शेयर दिएका छन् ।

अहिलेसम्म लाभांश घोषणा गरेको ११ विकास बैंकमध्ये धेरैजसोले नगद बढी र बोनस कम वितरण गरेका छन् । कामना सेवा, सहायोगी, गण्डकी, सांग्रिला विकास बैंकले त यसपाली नगद लाभांश माात्र वितरण गर्दैछन् । उक्त विकास बैंकहरुले यस वर्ष बोनस शेयर दिएनन् ।

विकास बैंकले गत वर्षभन्दा यो वर्ष बढाएर लाभांश घोषणा गरिरहेका छन् । अधिकांश विकास बैंकले अघिल्लो आर्थिक वर्ष भन्दा गत आर्थिक वर्षमा नाफा बढी कमाएका कारण लाभांश दर पनि बढाएका हुन् ।
 
लाभांश घोषणा गर्न बाँकी ११ विकास बैंकले पनि सञ्चालक समितिमा लाभांश कति दिने भन्ने बारेमा छलफल गर्न थालेका छन् । यसअघिका वर्षमा जस्तै यस वर्ष पनि विकास बैंकहरूबीच लाभांश कसले बढी वितरण गर्ने भन्ने प्रतिस्पर्धा छ । लाभांश घोषणा गर्न बाँकी बैंकहरूलाई लाभांश बढी वितरण गर्न दवाव सिर्जना भएको छ । 

अर्कोतिर विकास बैंकमा मर्जर तथा एक्विजीसनको चटारो पनि तेकिकै छ । चालु आर्थिक वषभित्र नै गण्डकी विकास बैंक, मेगा र कैलाश विकास बैंक प्राइम कमर्सियल बैंकसँग गाभिए । यता, ओम डेभलपमेन्ट बैंक भने एनएमबि बैंकसँग मर्जरमा गएर केही समयअघि देखि एकीकृत कारोबार समेत शुरु भइसकेको छ । शाइन रेसुंगा, पूर्णिमा र भार्गव विकास बैंकको एक्विजिसनपछि गत मंसिर २२ गतेबाट एकीकृत कारोबार भएको छ । कावेली र माउन्ट मकालुबीच गत जेठ २७ देखि एकीकृत कारोबार शुरु भएको छ । 
 
यता, ज्योति विकास बैंकले हाम्रो विकास बैंकलाई एक्वायर गरी गत १५ गतेदेखि एकीकृत कारोबार शुरु गरेका छन् । सप्तकोशी डेभलप्मेन्ट बैंक र काबेली विकास बैंकको मर्जर सम्पन्न भएको छ । यी दुई कम्पनी एक÷आपसमा गाभिएर गत असार २२ गतेदेखि एकीकृत कारोबार गरेका छन् । तिनाउ मिसनले नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकलाई एक्वायर गरेर गत मंसिर २२ गतेदेखि एकीकृत कारोबार गरेका छन् । देवः विकास बैंकले वेष्टर्न डेभलपमेन्ट बैंकलाई एक्वायर गरेको छ । 
 

 

नाम                                       बोनस         नगद  (प्रतिशतमा)

कैलाश विकास बैंक                    १६               २.७७
कामना सेवा विकास बैंक             छैन              ६.८
गरिमा विकास बैंक                      १६.१५          ०.८५
महालक्ष्मी विकास बैंक                  ८                ९.८९
सहयोगी विकास बैंक                    छैन              १९.३०
मुक्तिनाथ विकास बैंक                  १७.६०           ०.९३
गण्डकी विकास बैंक                    छैन               १७.३२
ज्योति विकास बैंक                      १२.७५            छैन
लुम्बिनी विकास बैंक                     ५                   १५
कञ्चन डेभलपमेन्ट बैंक                 १०                  ७
सांग्रिला डेभलपमेन्ट बैंक               छैन               ८.९६

लाभांश घोषणा गर्न बाँकी
देवः विकास बैंक
एक्सेल डेभलपमेन्ट बैंक
कर्पोरेट डेभलपमेन्ट बैंक 
कर्णाली डेभलपमेन्ट बैंक
मितेरी डेभलपमेन्ट बैंक
सहारा विकास बैंक
सप्तकोशी डेभलपमेन्ट बैंक
शाइन रेसुंगा डेभलपमेन्ट बैंक
सिन्धु विकास बैंक
तिनाउ मिसन डेभलपमेन्ट बैंक
ग्रीन डेभलपमेन्ट बैंक

प्रतिक्रिया दिनुहोस