aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

सनराइज बैंकको नवलपुरको मदनपुर र पिथौलीमा शाखारहित बैंकिङ्ग सेवा शुरू

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०८ पुस २०७६
सनराइज बैंकको नवलपुरको मदनपुर र पिथौलीमा शाखारहित बैंकिङ्ग सेवा शुरू

काठमाडौं । सनराइज बैंक लिमिटेडले बैंकिङ्ग सेवा नपुगेका विभिन्न स्थानहरुमा बैंकिङ्ग सेवा पु¥याउँदै जाने उद्धेश्यका साथ नवलपुरको मदनपुरमा ४१ औं र पिथौलीमा ४२ औं शाखारहित बैंकिङ्ग सेवाको सुरmवात गरेको छ ।

बफर जोन युुजर कमिटीको अध्यक्ष तथा समाज सेवी दोमन भण्डारी र कुमारवर्ती बिद्यालयको प्रधानाध्यापक दर्शन राज अमात्यले संयुक्त रmपमा एक समारोहका बीच मदनपुरमा शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन गरेको हो । 

सोही दिन कावासोती नगरपालिकाको अध्यक्ष खेम प्रसाद काफ्ले, शान्ति निकुन्ज उच्च माध्यमिक बिद्यालयको प्रधानअध्यापक हरि प्रसाद न्यौपानेले संयुक्त रmपमा एक समारोहका बीच पिथौलीमा शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन गरे । 

उतm कार्यक्रममा बैंकका प्रदेश ४ का प्रमुख रबिन्द्र के.सी ले बैंकले कृषि क्षेत्र तथा महिला उद्यमीलाई सघैं प्रोत्साहन गर्न पहल गर्दै आएको र आगामी दिनहरुमा पनि यस बैंक मार्पmत उतm कार्यहरु निश्चित रुपमा प्रदान गर्ने प्रतिबद्घता व्यक्त गरेका थिए । 

हालसम्म सन््राइज बैंकले १२८ वटा शाखा,४२ वटा शाखारहित बैंकिङ्ग सेवा, ८ वटा एक्सटेन्सन काउण्टर र १४७ वटा ए.टि.एम मार्फत आफ्ना करिब ६ लाख ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ । 
 

प्रतिक्रिया दिनुहोस