
काठमाडौं । ज्योति विकास बैंकले १२औं वार्षिक साधारण सभा पुस २९ गते गर्ने भएको छ । सभाले प्रस्तावित १२ दशमलव ७५ प्रतिशत बोनस शेयर पारित गर्नेछ ।
मर्जर तथा प्राप्तिका लागि सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई सभाले दिनेछ भने सर्वसाधारण शेयरधनीको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने गरी एक जना महिला सञ्चालकको निर्वाचन गर्ने समेत कार्यक्रम तय भएको छ ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस १६ गतेदेखि २९ गतेसम्म बुक क्लोज गर्नेभएको छ । यस आधारमा पुस १५ गतेसम्म कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
प्रतिक्रिया दिनुहोस