
काठमाडौं । लुम्बिनी विकास बैंकले पुस २९ गते बोलाएको १२औं वार्षिक साधारण सभाका लागि पुस २३ गतेदेखि बुक क्लोज गर्ने भएको छ । साधारण सभामा भाग लिन र कम्पनीको लाभांश प्राप्त गर्न पुस २२ गतेभित्र शेयर सुरक्षित गर्नुपर्ने भएको हो ।
यस वर्ष कम्पनीले शेयरधनीहरुलाई ५ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेत गरी १५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव सभामा पेश गर्दैछ । कम्पनीले हाल कायम २ अर्ब ५८ करोड ६९ लाख ६३ हजार चुक्तापूँजीको आधारमा लाभांश वितरण गर्न लागेको हो ।
प्रतिक्रिया दिनुहोस