aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

सिन्धु विकास बैंक पनि मर्जरमा जाने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०८ पुस २०७६
सिन्धु विकास बैंक पनि मर्जरमा जाने

काठमाडौं । सिन्धु विकास बैंकले मर्जर तथा प्राप्ती सम्बन्धी प्रस्ताव अघि सारेको छ । कम्पनीले पुस २९ गतेको १०औं वार्षिक साधारण सभामा मर्जर तथा प्राप्ती सम्बन्धी प्रस्ताव अघि सारेको हो । 
कम्पनीले ११ दशमलव ५१ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ५८ प्रतिशत नगद लाभांश समेत दिने प्रस्ताव सभाले पारित गर्नेछ । सभाले सर्वसाधारण शेयरधनीहरुको तर्फबाट २ जना सञ्चालकहरुको निर्वाचन समेत गर्नेछ ।  साधारण सभाका लागि कम्पनीले पुस १६ गतेदेखि २९ गतेसम्म बुक क्लोज गर्नेछ । 
 

प्रतिक्रिया दिनुहोस