
काठमाडौं । पुस ९ गते बुधबार चौतारी लघुवित्त र आरम्भ लघुवित्त वित्तीय संस्थाले वार्षिक साधारण सभा गर्दैछन् । चौतारीले बुटवलमा र आरम्भले बनेपामा विहान ११ बजेका लागि सभा बोलाएका हुन ।
चौतारीले सभामार्फत ७ प्रतिशत बोनस शेयर र १० दशमलव ८९ प्रतिशत नगद लाभांश पारित गर्नेछ भने आरम्भले ७ दशमलव ३८ प्रतिशत बोनस शेयर र शून्य दशमलव ३८ प्रतिशत नगद लाभांश पारित गर्नेछ ।
चौतारीको लाभांश मंसिर २१ गतेसम्म कायम सदस्यहरु र आरम्भको लाभांश मंसिर २८ गतेसम्म कायम सदस्यहरुले मात्र पाउनेछन् । साधारण सभाका लागि चौतारीले मंसिर २२ गते एक दिन र आरम्भले मंसिर २९ गतेदेखि पुस ९ गतेसम्म बुक क्लोज गरेको हो ।
प्रतिक्रिया दिनुहोस