aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

एन आई सी एशियाको नयाँ शाखा सानेपामा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०९ पुस २०७६
एन आई सी एशियाको नयाँ शाखा सानेपामा

काठमाडौं । ग्रामीण तथा शहरी क्षेत्रमा आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रमसँगै एन आई सी एशिया बैंकले ललितपुरको सानेपामा नयाँ शाखा कार्यालयको आज औपचारिक उद्घाटन गरेको छ ।

ललितपुर जिल्ला, ललितपुर महानगरपालिका वडा नं. २ स्थित सानेपा शाखाको सोही महानगरपालिकाका मेयर चिरीबाबु महर्जनज्यूबाट आज एक समारोहका बीच उद्घाटन भएको हो । उक्त शाखा सञ्चालनमा आएसँगै सो क्षेत्रका स्थानीयलाई बैंकिङ्ग सेवा प्राप्त गर्न सहज हुने विश्वास बैंकले लिएको छ ।

उक्त बैंकको मुलुकभर ३१३ शाखा कार्यालयहरु, ४०५ एटिएम, ९६ वटा एक्स्टेन्सन काउण्टर एवं ४४ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ । 
 

प्रतिक्रिया दिनुहोस