aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

नेपाल बंगलादेश बैंकले नगद लाभांश दिन थाल्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०९ पुस २०७६
नेपाल बंगलादेश बैंकले नगद लाभांश दिन थाल्यो

काठमाडौं । नेपाल बंगलादेश बैंकले पुस ८ गतेदेखि नगद लाभांश वितरण गर्न शुरु गरेको छ । बैंकले पुस ७ गते सम्पन्न २५औं वार्षिक साधारण सभाबाट पारित ७ प्रतिशत नगद लाभांश वितरण गर्न शुरु गरेको छ । उक्त सभाले ५ प्रतिशत बोनस शेयर समेत पारित गरेको थियो । बोनस शेयर भने नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएपछि शेयरधनीको हितग्राही खातामा जम्मा हुनेछ । 
बैंकले हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका शेयरधनीहरुको खातामै नगद लाभांश पठाएको हो ।  हालसम्म हितग्राही खातामा शेयर अभौतिकीकरण नगराएका तथा बैंक खाता अद्यावधिक नगराएका शेयरधनीहरुले भने शेयर अभौतिकीकरण र बैंक खाता अद्यावधिक गरेपश्चात मात्र लाभांश प्राप्त गर्नेछन् । लाभांश प्रयोजनका निम्ति बैंकले मंसिर २६ गते एक दिन बुक क्लोज गरेकाले मंसिर २५ गतेसम्म कायम शेयरधनीहरुले मात्र पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस