aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

दोस्रो बजारमा ऋणपत्रको कारोबार शुरू, सानिमाको खरिद मूल्यभन्दा कममा कारोबार

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०९ पुस २०७६
दोस्रो बजारमा ऋणपत्रको कारोबार शुरू, सानिमाको खरिद मूल्यभन्दा कममा कारोबार

काठमाडौं । दोस्रो बजारमा बुधबार ऋणपत्रको पनि कारोबार भएको छ । कम्पनीले ऋणपत्र निष्काशनपश्चात दोस्रो बजारमा सूचीकृत गराए पनि कारोबार भने हुने गरेको छैन । बुधबार सानिमा बैंकको प्रतिकित्ता ९६३ रुपियाँमा ४ करोड ८१ लाख ५० हजार बराबरको ५० हजार कित्ता ऋणपत्र खरिद बिक्री भएको छ । 
ब्रोकर नम्बर ३८ दिपशिखा धितोपत्र कारोबार कम्पनीबाट उक्त ऋणपत्र खरिद तथा बिक्री भएको हो ।

सानिमा बैंकले प्रतिकित्ता हजार रुपियाँ मूल्यको १० वर्षे अवधिको वार्षिक १० प्रतिशत ब्याजदरको ऋणपत्र २०७५ साल पुस २४ गते बाँडफाँड गरेको थियो । 
नेपाल स्टक एक्सचेञ्जले लगानीकर्ताले चाहेमा दोस्रो बजारमा ऋणपत्र खरिद बिक्री गर्न सकिने बताएको छ । 

प्रतिक्रिया दिनुहोस