
मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेड (Mithila Laghubitta Bittiya Sanstha Ltd.) ले तेस्रो त्रैमासमा खुद नाफा १ करोड ४० लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्षको सोहिअवधिको तुलनाभन्दा ७८ दशमलव ४५ प्रतिशतले वृद्धि गरेको हो । गत आवको सोहिअवधिमा नाफा ७८ लाख कमाएको थियो ।
६ करोड ५९ लाख रुपैयाँ चुक्ता पुँजी भएको मिथिलाले जगेडाकोषमा ३ करोड ९५ लाख रुपैयाँ छुटाएको छ ।
मिथिलाले निक्षेपमा २२ करोड ५४ लाख रुपैयाँ संकलन गरेको छ भने कर्जामा ५५ दशमलव २४ प्रतिशतले वृद्धि गरी ८४ करोड ३१ लाख रुपैयाँ लगानी गरेको छ ।
मिथिला लघुवित्तको खुद ब्याज आम्दानी २८ दशमलव १२ प्रतिशतले बढेर ४ करोड ११ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा ९० दशमलव ९० प्रतिशतले बढेर २ करोड १३ लाख रुपैयाँ पुगेको छ ।
मिथिला लघुवित्तको प्रतिशेयर आम्दानी २८ दशमलव ३० रुपैयाँ, मुल्य आम्दानी अनुपात १७ दशमलव १४ गुणा, प्रतिशेयर नेटवर्थ १५९ दशमलव ८९ रुपैयाँ, तरलता अनुपात ६ दशमलव ८४ प्रतिशत, निष्कृय कर्जा २ दशमलव ६५ प्रतिशत र जोखिम युक्त सम्पत्ति १४ दशमलव ३५ प्रतिशत रहेको छ ।
प्रतिक्रिया दिनुहोस