
काठमाडौं । समता लघुवित्त वित्तीय संस्थाले शुक्रबार (पुस ११ गते) बाट १ लाख ६१ हजार ७३८ कित्ता सेयर लिलामी बिक्री खुला गरेको छ । जसमा संस्थापक समूहको ८४ हजार ५९८ कित्ता र सर्वसाधारण समूह तर्पmको १ लाख ६१ हजार ७३८ कित्ता सेयर रहेको छ ।
कम्पनीले २००% हकप्रद सेयर जारी गर्दा सबै नबिकेपछि बाँकी रहेको सेयर लिलामी प्रक्रियाबाट बिक्रीमा ल्याएको हो । यसअघि समताले गत असोज २६ गतेदेखि मंसिर १ गतेसम्म १२ लाख १३ हजार ४४० कित्ता (२००%) हकप्रद सेयर बिक्री गरेको थियो । उक्त सेयरमा पुस २२ गतेसम्म आवेदन दिन पाइनेछ ।
यसमा न्यूनतम अंकित मूल्य १ सय रुपैयाँ तोकिएको छ । लगानीकर्ताले न्यूनतम १ सय रुपैयाँलाई आधार मानेर बोलकबोल गर्नुपर्छ । यसमा एनआइबीएल एस क्यापिटल लाजिम्पाट, काठमाडौबाट आवेदन दिन सक्नेछन् ।
त्यसैगरी, यसको साखा पुतलीसडक, लगनखेल, चिप्लेढुङ्गा पोखरा, ट्राफिकचोक बुटवल, आर्दशनगर वीरगन्ज र गोल्छाचोक बिराटनगर आवेदन दिन सकिन्छ । नेपाल इन्भेष्टमेन्ट बैंकको नारायणगढ, हेटौंडा, बिर्तामोड, जनकपुर, दाङ, सुर्खेत, नेपालगन्ज र धनगढीबाट पनि आवेदन दिन सकिन्छ । यस्तै, ग्रीन डेभलपमेन्ट बैंक हरिशंखर रोड, बाग्लुङ शाखाबाट पनि लिलामी सेयरमा आवेदन भर्न सकिने छ ।
प्रतिक्रिया दिनुहोस