
काठमाडौं । प्रभु क्यापिटलको विशेष साधारण सभा पुस २५ गते हुने भएको छ । कम्पनीको पुस १० गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो ।
सभाको प्रस्तावमा यस क्यापिटल र समृद्धि क्यापिटल लिमिटेडका विच एक आपसमा गाभ्ने र गाभिने सम्बन्धमा भएको समझदारी तथा हाल सम्म भएका सम्पूर्ण कार्यको अनुमोदन गर्ने र सोही प्रयोजनको लागि चल अचल सम्पत्ति तथा दायित्व कारोबार मूल्याङकन गर्न मान्यता प्राप्त मूल्याङ्कन कर्ता नियुक्त गरी निजको पारिश्रमिक तोक्न र मर्जर सम्बन्धी अन्य सम्पूर्ण प्रकृया पुरा गर्न सञ्चालक समितीलाई अख्तियारी प्रदान गर्ने रहेको छ ।
प्रतिक्रिया दिनुहोस