aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

लक्ष्मी बैंकको नगद लाभांश शेयरधनीको बैंक खातामा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ११ पुस २०७६
लक्ष्मी बैंकको नगद लाभांश शेयरधनीको बैंक खातामा

काठमाडौं । लक्ष्मी बैंकले नगद लाभांश वितरण गर्न शुरु गरेको छ । बैंकले मंसिर २२ गतेसम्मका कायम शेयरधनीका हितग्राही खातामा अध्यावधिक भएको बैंक खातामा ५ प्रतिशत नगद लाभांश जम्मा गर्न शुरु गरेको हो ।
बैंकको पुस ६ गते सम्पन्न १९औं वार्षिक साधारण सभाले १० प्रतिशत बोनस शेयर ५ प्रतिशत नगद लाभांश पारित गरेको थियो । 
साथै, हालसम्म हितग्राही खातामा शेयर अभौतिकीकरण नगराएका शेयरधनीहरुलाई बैंकले यथाशिघ्र शेयर अभौतिकिकरण गरी हितग्राही खाता तथा बैंक खाताको विवरण बुझाउन समेत अनुरोध गरेको छ । 

प्रतिक्रिया दिनुहोस