aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

श्री इन्भेष्टमेन्ट एन्ड फाइनान्सको लाभांश पारित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ११ पुस २०७६
श्री इन्भेष्टमेन्ट एन्ड फाइनान्सको लाभांश पारित

काठमाडौं । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनीले प्रस्तावित १३ प्रतिशत लाभांश पारित गरेको छ । पुस ११ गते शुक्रबार २५औं वार्षिक साधारण सभा सम्पन्न गर्दै कम्पनीले २ दशमलव ३५ प्रतिशत बोनस शेयर र १० दशमलव ६५ प्रतिशत नगद लाभांश पारित गरेको हो । 

कम्पनीले हाल कायम रू. ८१ करोड चुक्तापूँजीको आधारमा लाभांश दिएको हो । बोनस पश्चात कम्पनीको चुक्तापूँजी रू. ८२ करोड ९० लाख ३५ हजार पुगेको छ । कम्पनीले मर्जर तथा प्राप्तीलाई समेत प्राथमिकतामा राखी २५ औं वार्षिक साधारण सभाले सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिएको छ । चालू आवको पहिलो त्रैमाससम्म यस कम्पनीको जगेडा कोष रकम रू. २० करोड ३० लाख ९३ हजार छ । त्यस अवधिमा कम्पनीले रू. २ करोड ९६ लाख २१ हजार खुद नाफा गरेको छ । गत वर्ष सोही अवधिमा उक्त नाफा रू. २ अर्ब ३२ करोड १७ लाख रहेको थियो । निष्क्रिय कर्जा शून्य दशमलव २२ प्रतिशत रहेको यो कम्पनीको पहिलो त्रैमाससम्म प्रतिशेयर आम्दानी रू. १४ दशमलव ६३ रहेको छ । 
 

प्रतिक्रिया दिनुहोस