aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

सामुदायिक लघुवित्तले  बोनस र हकप्रद पारित गर्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ११ पुस २०७६
सामुदायिक लघुवित्तले  बोनस र हकप्रद पारित गर्यो

काठमाडौं । सामुदायिक लघुवित्त वित्तीय संस्थाको छैटौं साधारणसभाले सञ्चालक समितिले प्रस्ताव गरेको बोनस पारित गर्दै शुक्रबा साधारणसभा सम्पन्न गरेको छ । आ.व. २०७५/७६ असार मसान्त सम्मको चुक्ता पूँजीको ३२ प्रतिशत बोनस शेयर र सो को कर प्रयोजनका लागि १.६८ प्रतिशत नगद लाभांश पारित गरेकोछ । 

बोनस शेयर पश्चात कायम हुन आउने चुक्ता पूँजीको २ः१ को अनुपातमा हकप्रद शेयर जारी गर्ने पस्ताव समेत पारित गरेकोछ । संस्थाको सभाले आ.व. २०७५/७६ को बार्षिक लेखापरीक्षण प्रतिवेदन सहित २०७६ असार मसान्तसम्मको वासलात, नाफा/नोक्सान र नगद प्रवाह विवरण लगायतका सम्पूर्ण वित्तीय विवरणहरु पारित गरेको छ । 
 

प्रतिक्रिया दिनुहोस