aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

आइतबार दुई लघुवित्तको साधारण सभा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, १२ पुस २०७६
आइतबार दुई लघुवित्तको साधारण सभा

काठमाडौं । पुस १३ गते आइतबार मानुषी लघुवित्त र निर्धत उत्थान लघुवित्त वित्तीय संस्थाले वार्षिक साधारण सभा बोलाएका छन् । मानुषीले पहिलो साधारण सभा लहरीखर्क रिसोर्ट बनेपामा विहान ११ बजे सभा बोलाएको हो ।

सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन पारित, चालू आर्थिक वर्षका लागि लेखा परिक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्नेछ । साथै कुनै पनि लघुवित्त वित्तीय संस्थासँग मर्जरमा जाने वा प्राप्ती गर्ने विषयमा छलफल गरी सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने कार्यक्रम सभाका लागि तय भएको छ । 

निर्धन उत्थान लघुवित्तले सेलिब्रेसन बैंक्वेट, नक्साल,काठमाडौंमा विहान १०ः३० बजे सभा बोलाएको हो । सभाले गत आर्थिृक वर्षको वार्षिक प्रतिवेदनमाथी छलफल तथा पारित गर्नुका साथै चालू आवको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्नेछ । 

साथै प्रस्तावित २५ प्रतिशत बोनस शेयर र १५ दशमलव ५३ प्रतिशत नगद लाभांश समेत पारित गर्नेछ । साधारण सभाका लागि निर्र्धन उत्थानले मंसिर ३० गतेदेखि बुक क्लोज गरेको छ । यसर्थ मंसिर २९ गतेसम्म कायम सदस्यहरुमात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य भएका छन् ।
 

प्रतिक्रिया दिनुहोस