काठमाडौं । साधना लघुवित्त वित्तीयले साधारण शेयर आइपीओ जारी गर्ने भएको छ ।संस्थाको तेश्रो बार्षिक साधरण सभाले पुँजी संरचना सम्बन्धी व्यबस्था संसोधन गरी सञ्चालक समितीले प्रस्ताब गरे बमोजिमको जारी पुजीको ३२.५ प्रतिशत अर्थात ७०७८०० कित्ता शेयर सर्वसाधरणका लागि जारी गर्ने भएको हो । आइपीओ निष्कासन प्रश्चात वित्तीय संस्थाको चुक्ता पुँजी २१ करोठड ७७ लाख ८० हजार पुग्नुको साथै कायम हुने चुक्ता पुँजीको ५० प्रतिशत हकप्रद शेयर जारी गर्ने विशेष प्रस्ताब समेत पारित गरेको छ ।
उक्त साधारण सभाले सञ्चालक समितीको तर्फबाट अध्यक्षको आ.ब २०७५/०७६ को बार्षिक प्रतिबेदन,वासलात,नाफनोक्सान हिसाब,नगद प्रबाहको बिबरण र आ.ब २०७६/७७ को बाह्य लेखापरिक्षण गर्ने कार्यका लागि ए.के.जी.एसोसिएट्स,चार्टर्ड एकाउन्टेन्ट्सलाई लेखा परिक्षकमा नियुक्त गर्ने प्रस्ताव पारित गरेको छ ।
भविष्यमा अन्य कुनै लघुवित्त बित्तीय संस्थाहरु एक आपसमा गाभ्ने र गाभिने ( मर्जर ) वा प्राप्ति (एक्विजिसन ) मा जान आवश्यक सहमती सम्झौता गर्ने लगायत प्रचलित नियम, कानूनअनुसार बित्तीय संस्थाको को तर्फबाट गर्नुपर्ने सम्पूर्ण कार्य गर्न संचालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने निर्णय गरेको छ ।
मिती २०७६÷०८÷११ गतेबाट राष्ट्रियस्तरमा स्तोरन्ती भएको यस वित्तीय संस्थाले सरल, सहज तथा उत्कृष्ठ बित्तीय सेबा प्रदान गर्न संस्था प्रतिबद्ध रहेको संस्थाका प्रमुख कार्यकारी अधिकृत रेशम न्यौपानेले जानकारी दिए । हाल यस वित्तीय संस्थाले ४७ बटा शाखा कार्यालय मार्फत करिब ४१ हजार घरधुरीलाई वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।
प्रतिक्रिया दिनुहोस