aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

साधना लघुबित्तको ७ लाख ७ हजार ८ सय कित्ता आइपीओ निस्कासन गर्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १३ पुस २०७६
साधना लघुबित्तको ७ लाख ७ हजार ८ सय कित्ता आइपीओ निस्कासन गर्ने

काठमाडौं । साधना लघुबित्त बित्तीय संस्थाले पुँजी संरचना सम्बन्धी ब्यबस्था संसोधन गरी सञ्चालक समितीले प्रस्ताब  गरे बमोजिम जारी पुजीको ३२.५ प्रतिशत अर्थात ७ लाख ७ हजार ८ सय कित्ता शेयर सर्बसाधरणका लागी जारी गर्ने प्रस्ताव पारित गरेको छ ।

(आईपीओ) प्रश्चात बित्तीय संस्थाको चुक्ता पुँजी रु २१ करोड ७७ लाख ८० हजार पुग्नुको साथै  कायम हुने चुक्ता पुँजीको ५० प्रतिशत हकप्रद शेयर जारी गर्ने बिशेष प्रस्ताब समेत पारित गरेको छ  । 

संस्थाको तेश्रो बार्षिक साधरण सभा बित्तीय संस्थाको सञ्चालक समितीका अध्यक्ष कृष्ण ब थापाको अध्यक्षातामा होटल बिसौनी गोरखामा सम्पन्न गरेको बैठकले उक्त निर्णय पारित गरेको हो । 

उक्त साधारण सभाले सञ्चालक समितीको तर्फबाट अध्यक्षको आ.ब २०७५÷०७६ को बार्षिक प्रतिबेदन, वासलात,नाफनोक्सान हिसाब,नगद प्रबाहको बिबरण र आ.ब २०७६/०७७ को बाह्य लेखापरिक्षण  गर्ने कार्यका लागी ए.के.जी.एसोसिएट्स, चार्टर्ड एकाउन्टेन्ट्सलाई लेखा परिक्षकमा नियुक्त गर्ने प्रस्ताब पारित गरेको छ । 

भबिष्यमा अन्य कुनै लघुबित्त बित्तीय संस्थाहरु एक आपसमा गाभ्ने र गाभिने ( मर्जर ) वा प्राप्ति (एक्विजिसन ) मा जान आवश्यक सहमती  सम्झौता गर्ने लगायत प्रचलित नियम, कानूनअनुसार बित्तीय संस्थाको को तर्फबाट गर्नुपर्ने सम्पूर्ण कार्य गर्न संचालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने निर्णय गरेको छ  ।

मिती २०७६/०८/११ गतेबाट राष्ट्रियस्तरमा स्तोरन्ती भएको यस बित्तीय संस्थाले सरल, सहज तथा उत्कृष्ठ बित्तीय सेबा प्रदान गर्न  संस्था प्रतिबद्ध रहेको संस्थाका प्रमुख कार्यकारी अधिकृत रेशम न्यौपानेले जानकारी दिए । 

हाल यस बित्तीय संस्थाले  ४७ बटा शाखा कार्यालय मार्फत करिब ४१ हजार घरधुरीलाई बित्तीय सेवा प्रदान गर्दे आइरहेको छ । 
 

प्रतिक्रिया दिनुहोस