
काठमाडौं । पुस महिना सूचीकृत कम्पनीहरुको लागि वार्षिक साधारण सम्पन्न गरिसक्नुपर्ने महिना हो । यसर्थ यो अवधिमा साधारण सभा गर्ने र साधारण सभाका लागि बुक क्लोजको मिति तोक्ने कम्पनीहरुको संख्या उल्लेख्य रहेको छ । सोमबार नौ कम्पनीको साधारण सभामा भाग लिन र लाभांश पाउन शेयर सुरक्षित गर्ने अन्तिम दिन रहेको छ ।
किसान माइक्रोफाइनान्स, मिथिला लघुवित्त, आईसिएफसी फाइनान्स , उन्नती माइक्रोफाइनान्स, फरवार्ड कम्युनिटी, मञ्जुश्री फाइनान्स, कञ्चन डेभलपमेण्ट बैंक, नेपाल दुरसञ्चार कम्पनी र साग्रिला डेभलपमेण्ट बैंकको लाभांश शुरक्षित गर्ने सोमबार अन्तिम दिन रहेको हो । यी मध्य कतिपय कम्पनीहरुले मङ्गलबार एक दिन र कतिपयले मङ्गलबारदेखि सभाका दिनसम्म बुक क्लोज गर्न लागेका हुन । बुक क्लोजको आधारमा अघिल्लो दिनसम्म कायम सदस्यहरु मात्र साधारण सभामा भाग लिन र प्रस्तावित लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।
किसान माइक्रोफाइनान्स बाहेक अन्य आठ कम्पनीले पुस २९ गते महिनाको अन्तिम दिन साधारण सभा डाकेका हुन । किसानले भने पुस २६ गते २३ दशमलव ९५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव सहित सभा बोलाएको छ ।
त्यस्तै, मिथिला लघुवित्तले १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ७९ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । उन्नति माइक्रोफाइनान्सले यस वर्ष शेयरधनीलाई ३८ दशमलव ६० प्रतिशत बोनस शेयर र २ दशमलव ०३ प्रतिशत नगद लाभांश , फरवार्ड कम्युनिटीले ३२ दशमलव ५० प्रतिशत बोनस शेयर र १२ दशमलव ५० प्रतिशत नगद लाभांश रहेको छ ।
कञ्चन डेभलपमेण्ट बैंकले १० प्रतिशत बोनस शेयर र ६ प्रतिशत नगद लाभांश , नेपाल दुरसञ्चार कम्पनीले प्रतिकित्ता रू. ४५ का दरले नगद लाभांश र सागिंला डेभलपमेण्ट बैंकले ८ शदमलव ९५९३ प्रतिशत नगद लाभांश , आइसिएफसी फाइनान्सले ५ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेत गरी ८ प्रतिशत नगद लाभांश र मञ्जुश्री फाइनान्सले १ दशमलव ७५ प्रतिशत बोनस शेयर र ९ दशमलव ८० प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ ।
प्रतिक्रिया दिनुहोस