aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

एटीएम मेशीन फाेडेर रकम लुट्न खोज्ने २ जना पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १३ पुस २०७६
एटीएम मेशीन फाेडेर रकम लुट्न खोज्ने २ जना पक्राउ

काठमाडौं । काठमाडौंको चन्द्रागिरी नगरपालिका–७ थानकोटमा सिटिजन्स बैंकको एटीएम बुथ तोडेर रकम लुटपाट गर्न खोज्ने २ जना फक्राउ परेका छन् ।

एटीएम मेशिनको सटर तोडी एटीएम मेसिन फुटाउने क्रममा २ जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा मुगुको सोरु गाउँपालिका–६ घर भइ काठमाडौंको दाउरा डिपो बस्ने २४ वर्षीय चित्रबहादुर शाही र २० वर्षीय नन्दराज धराल छन् ।

प्रहरीका अनुसार उनीहरुले ढुंगा, पिलास र फलामको रेञ्च प्रयोग गरेर एटीएम मेसिन फुटाउन खोजेका थिए । ढुङ्गाको प्रयोगबाट एटीएम बुथको सटर तोडेपनि उनीहरुले एटीएम मेसिन भने फुटाउन सकेका थिएनन् ।

फलामको रेञ्च प्रयोग गरेर मेसिन फुटाउन क्रममा दुवैलाई महानगरीय प्रहरी बृत्त थानकोटको टोलीले पक्राउ गरेको हो । प्रहरीले उनीहरुको साथबाट एटीएम बुथको सटर तोड्न प्रयोग भएको ढुङ्गा, पिलास, फलामको रेञ्च र चक्कु बरामद गरेको छ ।

प्रतिक्रिया दिनुहोस