aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

नेपाल बैंकको पूर्व शाखा प्रबन्धक पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १४ पुस २०७६
नेपाल बैंकको पूर्व शाखा प्रबन्धक पक्राउ

काठमाडौं । नेपाल बैंक लिमिटेडको डिल्लीबजार शाखाका पूर्व प्रबन्धक भूपराज कोइराला पक्राउ परेका छन् ।

नेपाल बैंक लिमिटेड केन्द्रीय कार्यालयले दिएको जाहेरीका आधारमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले कोइरालालाई पक्राउ गरेको हो ।

सोलुखुम्बुको साविक सल्यान गाविस–८ घर भएका कोइराला हाल भक्तपुरको दधिकोट बस्दै आएका कोइरालाले डिल्लीबजार शाखाको प्रबन्धक हुँदा बैंकलाई नभएको दायित्व सिर्जना गराई अनुचित लाभ लिएर बैंकिङ कसुर गरेको आरोप लागेको छ ।

सीआईबीले कोइरालाविरुद्ध बैंकिङ कसुरमा उच्च अदालत पाटनबाट ७ दिनको म्याद थप गराई अनुसन्धान थालेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस