aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

मल्टीपर्पस फिनान्सको शेयर सोमबारदेखि लिलामीमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १४ पुस २०७६
मल्टीपर्पस फिनान्सको शेयर सोमबारदेखि लिलामीमा

काठमाडौं । पुस १४ गते सोमबारदेखि मल्टीपर्पस फिनान्स कम्पनीको अवितरित हकप्रद शेयर लिलामीमा आएको छ । 

कम्पनीले संस्थापकतर्फको १८ लाख ५० हजार ७२१ कित्ता र सर्वसाधारण समूहतर्फको १ लाख ४९ हजार ६५७ कित्ता शेयर लिलामीमा ल्याएको हो ।

यो शेयरको प्रतिशेयर मूल्य रू. १०० तोकिएकाले सो भन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । बोलपत्र पेश गर्दा संस्थापकको हकमा न्यूनतम १००० कित्ता र सर्वसाधारणको हकमा न्यूनतम १०० कित्ता माग गर्न सकिनेछ । 

अधिकतमका लागि सम्पूर्ण कित्ता माग गर्न सकिने व्यवस्था छ । पुस २८ गतेसम्म बोलपत्र पेश गर्नुपर्ने यस शेयरको विक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ ।

प्रतिक्रिया दिनुहोस