aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत सञ्चालित दुई योजनाको प्रतिइकाई खुद मूल्य बढ्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १५ पुस २०७६
सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत सञ्चालित दुई योजनाको प्रतिइकाई खुद मूल्य बढ्यो

 काठमाडाैं । सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सिटिजन्स म्युचुअल फण्ड १ र सिटिजन्स म्युचुअल फण्ड २ को प्रतिइकाई खुद मूल्य बढेको छ । मंसिर मसान्तसम्ममा सिटिजन्स म्युचुअल फण्डको प्रतिइकाई खुद मूल्य रू. १० दशमलव ३७ रहेको छ ।

यो मूल्य कात्तिक मसान्तसम्ममा रू. १० दशमलव २५ थियो । त्यसैगरी, सिटिजन्स म्युचुअल फण्ड २ को प्रतिइकाई खुद मूल्य मंसिर मसान्तसम्ममा रू. ९ दशमलव ६६ रहेको छ । यो मूल्य कात्तिक मसान्तसम्ममा रू. ९ शदमलव ४० थियो । 

सिटिजन्स म्युचुअल फण्ड १ ले मंसिर मसान्तसम्ममा सूचीकृत धितोपत्रमा लगानी रू. ५४ करोड ७४ लाख रहेको छ । यो योजना ७ वर्षे योजना हो  ।

मंसिर मसान्तसम्ममा प्राप्त भईसकेको आम्दानी रू. ५ करोड ९७ लाख छ । यस योजनाले मंसिर मसान्तसम्ममा सूचीकृत तथा सूचीकृत नभएको शेयर तथा डिबेन्चर समेत गरि कुल लगानीको परल मूल्य (धितोपत्र दलाल कमिशन तथा  कारोबार शुल्क समेत) गरेर कुल रू. ५७ करोड ४९ लाख रहेको छ । 

सिटिजन्स म्युचुअल फण्ड २ को मंसिर मसान्तसम्ममा सूचीकृत धितोपत्रमा लगानी रू. ३६ करोड ८५ लाख रहेको छ । सोही अवधिमा सूचीकृत हुन बाँकी धितोपत्रमा लगानी रू.२ करोड २३ लाख छ । यस योजनाकोे प्राप्त भइसकेको आम्दानी रू. १ करोड १८ लाख रहेको छ । 
 

प्रतिक्रिया दिनुहोस